समाज


गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

नेपालखबर
माघ ७, २०८१ सोमबार ७:१९, काठमाडौँ

तनहुँको म्याग्दे गाउँपालिका-६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ।

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ ग ५८०१ नम्बरको बसबाट पृथ्वीराजमार्गमा पर्ने छबिसे पुग्दा सहचालक २६ वर्षीय सन्जीब बोहोरा बसबाट खसेका थिए।

पोखरा महानगरपालिका-२८ घर भएका बोहोराको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। 

दुर्घटनापछि बसका चालकलाई पक्राउ गरेर घटना अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad