कोशी


कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०८१ सोमबार ७:३४, विराटनगर

कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदै छ। 

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले संसद् अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाउने तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूले बोल्ने कार्यक्रम छ।

प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि  बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

कोसी प्रदेशसभाको पाँचौँ अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो।

नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनलाई  प्रभावकारी बनाउने बताएका छन्। 

१० वटाजति संशोधन र नयाँ विधेयक प्रदेशसभामा ल्याउने तयारी रहेकोले प्रदेश सभामा आउने विधेयकलाई सरोकारवालासम्म छलफल गरेर मात्रै पारित गर्नुपर्नेमा आफ्नो दलले भूमिका खेल्ने बताए।

कोसी प्रदेश सभाको बैठक १२० दिनपछि माघ ७ गतेदेखि बस्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad