समाज


चुनावको बेला पोखरामा रात्रिकालीन व्यवसायमा रोक

चुनावको बेला पोखरामा रात्रिकालीन व्यवसायमा रोक

नेपालखबर
फागुन १६, २०८२ शनिबार १३:५२, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय, कास्कीले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ बजेसम्म मात्र होटल, रेस्टुरा, दोहारी साँझ, क्लब, डान्सबार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको छ। 

प्रशासन कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरेको छ। 

यसको कार्यान्वयन भए/नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ। 

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले चुनावको सम्मुखमा परेको फागुपर्व पनि सार्वजनिक स्थलमा भीडभाड हुनेगरी नखेल्न अपिल गरेको छ। निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक स्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो। 

फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ। घर परिसरमै सभ्य र सुसंस्कृत रुपमा फागुपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad