पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा थापालाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो।
उपचारकै क्रममा चिकित्सकले बिहीबार साँझ उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
378
Shares

प्रतिक्रिया