समाज


भिरबाट खसेको ढुंगाले लाग्दा टहरामा सुतिरहेका १४ र १८ वर्षीया किशोरीको मृत्यु

भिरबाट खसेको ढुंगाले लाग्दा टहरामा सुतिरहेका १४ र १८ वर्षीया किशोरीको मृत्यु

नेपालखबर
असार २०, २०८२ शुक्रबार ६:११, काठमाडौँ

जाजरकोटमा सुरिहेको ठाउँमा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। 

कुशे गाउँपालिका–३ तर्पेनाका नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा र र १४ वर्षीया चमेली बुढाको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति साढे नौ बजेतिर टहरामा सुतिरहेका बेला भिरमाथिबाट पहिराेसँगै खसेको ठूलो ढुंगा टहरोमा बजारिँदा एकैठाउँमा सुतिरहेका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

उनीहरु बाख्रा हेरचाहको लागि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका बेला घटना भएको हो। 

ढुंगाले लाग्दा चमेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ढुंगाले लागेर गम्भीर घाइते भएकी शर्मिलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad