समाज


मोटरसाइकल नालामा खस्दा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते

मोटरसाइकल नालामा खस्दा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ७:४५, रुकुमपश्चिम

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार युवकको मृत्यु भएको छ।

बाँफिकोट गाउँपालिका –७ बास्तोलामा गएराति मोटरसाइकल दुर्घटनामा परेको हो। यो दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। 

क.प्र- ०३००१ प ०६१३ नम्वरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।  

प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार नदुवाबाट राडीतर्फको भित्रि सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका –७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारको लागि जिल्ला असपताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अर्का घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण माेटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad