जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुंगाले लागेर मृत्यु भएको छ।
बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुंगा टाउकामा लाग्दा घाइते भएका थिए। उनको उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
स्थानीय बासिन्दा बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्याइए पनि बचाउन नसकिएको बताए।
33
Shares

प्रतिक्रिया