जाजरकोटमा गाडी दुर्घटना हुँदा साता जना घाइते भएका छन्।
बुधवार बिहान साढे ८ बजे छेडागाड नगरपालिका–१३ कार्कीगाउँबाट नेपालगञ्जका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ ख ०१९७ नम्बरको गाडी दुर्घटनामा परेको हो।
गाडी भेरी नगरपालिका–८ चौखेढुङ्गा नजिक सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ। दुर्घटनामा भेरी नगरपालिका–७ की २५ वर्षीया लिला विक, २७ वर्षीया भावना विक, आशिष विक, २८ वर्षीया तिर्सना विक, २७ वर्षीया तुलसा मल्ल, भेरी नगरपालिका–९ का कमलराज घर्ती र २२ वर्षीय कमल परियार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले घाइते सबैको जिल्ला अस्पताल, जाजरकोटमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार गाडी चालक भेरी नगरपालिका–९ का २६ वर्षीय खिमराज केसी सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया