समाज


तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लाग्यो, ८ वर्षीय बालकको मृत्यु

तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लाग्यो, ८ वर्षीय बालकको मृत्यु

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १३:३७, तेह्रथुम

तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। 

लालीगुराँस नगरपालिका–५ दागपामा कालुबहादुर लिम्बुका ८ वर्षीय छोरा सुदिप लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

गएराति आफ्नै घरमा मोबाइल चार्ज गर्नेक्रममा उनलाई करेन्ट लागेको हो।  

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .