समाज


झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते, शंकास्पद बस प्रहरी नियन्त्रणमा

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते, शंकास्पद बस प्रहरी नियन्त्रणमा

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार ९:१७, झापा

झापाको कन्काइमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्।

गएराति ८ बजे कन्काई नगरपालिका ३ सुरुंगामा रा १ प ६३०० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बसले ठक्कर दिँदा झापाकै बिर्तामोड नगरपालिका(७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्‍याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्ण चन्दले नेपालखबरलाई जानकारी दिए।

दुर्घटनामा परेको मोटरसाइकलको पछाडि बस्ने मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मोटरसाइकललाई ठक्कर दिएको आशंकामा प्रहरीले एउटा बस र त्यसका चालकलाई पक्राउ गरेको छ। तर, बस नम्बर र चालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

‘ठक्कर दिने बस यकिन नभएकाले नियन्त्रणमा लिइएको बस नम्बर र चालकको नाम भने अहिले हामीले सार्वजनिक गरेका छैनौँ। अनुसन्धानपछि हामी थप विवरण दिउँला,’ चन्दले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .