समाज


खोटाङमा १२ वर्षीया बालिका आफ्नै घरमा मृत भेटिइन्

खोटाङमा १२ वर्षीया बालिका आफ्नै घरमा मृत भेटिइन्

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ११:२१, खोटाङ

खोटाङमा १२ वर्षीया एक बालिका आफ्नै घरमा मृत फेला परेकी छन्। 

हलेसी तुवाचुङ नगरपालिकामा ७ कि १२ वर्षीया कोपिला विश्वकर्मा मंगलबार साँझ आफ्नै घरमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

आफ्नै घरको बरण्डामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

बालिकाले आत्महत्या गरेको आफन्तले बताएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad