समाज


रोकिएको ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा ३५ वर्षका युवकको मृत्यु

रोकिएको ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा ३५ वर्षका युवकको मृत्यु

नेपालखबर
माघ २७, २०८२ मंगलबार ७:५१, झापा

झापामा रोकिएको ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा ३५ वर्षका युवकको मृत्यु भएको छ। 

गएको आइतबार राति बुद्धशान्ति गाउँपालिका-२ इन्द्रेणी चोकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका झापाकै अर्जुनधारा नगरपालिका-६ बस्ने ३५ वर्षीय प्रवीण आङदेम्बेको उपचारको क्रममा गएराति मृत्यु भएको हो। 

इन्द्रेणी चोकका भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकी राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडी डालामा ठोकिँदा आङदेम्बे गम्भीर घाइते भएका थिए। 

बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएका उनको शव सोहि अस्पतालमा राखिएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सबार पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भई हाल बिर्तामोड बस्दै आएका ४८ वर्षीय हरी आगंदम्बे घाइते भएका थिए। उनको पनि बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।  

दुर्घटनापछि ट्याकटर चालक झापाको मेचीनगर नगरपालिका २ बस्ने ४० वर्षीय वीरबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad