समाज


पाल्पामा हुन्डरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार युवकको मृत्यु

पाल्पामा हुन्डरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार युवकको मृत्यु

नेपालखबर
चैत १८, २०८० आइतबार ७:१, पाल्पा

पाल्पाको तानसेनमा हावाहुरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। घटनामा मोटरसाइकलमा सवार अन्य तीन जना सामान्य घाइते भएका छन्। 

तानसेन नगरपालिका- ५ कैलासनगरका २० वर्षीय भुवन दर्लामीको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा(डुम्रे सडकको जरेपिपल नजिकै शनिबार साँझ उत्तीस र सल्लाको रुख ढलेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटर चालक दर्लामको मृत्यु भएको हो।

दर्लामी स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा ठूलो हावाहुरीमा परेका थिए।

स्कुटर रोकेर ओतिने क्रममा उनी ढलेको रुखले च्यापिएका हुन्। सोही स्थानमा रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एउटा मोटरसाइकल पनि ढलेको रुखले च्यपिएका प्रहरीले जनाएको छ। घटनामा अन्य तीन जना यात्रु पनि सामान्य घाइते भएका छन्। 

रुखले च्यापिएर गम्भीर घाइते भएका दर्लामीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .