गुल्मीको इश्माका एक वृद्धको काम गर्न खेतमा गएको बेला मृत्यु भएको छ।
असार ३२ गते नै काम गर्न खेतमा गएका इश्मा गाउँपालिका १ का ६२ वर्षीय ठगबहादुर रानाको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको शव मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेत भन्दा केही परको पाखामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जेठ ३२ गते बिहान खाना खाएपछि खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजी सुरु गरेका थिए।
उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले गुल्मी अस्पतालमा शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ।
3
Shares
प्रतिक्रिया