समाज


सर्लाहीमा चिसोबाट पीडित १३ सय विपन्न परिवारलाई स्थानीय प्रशासनले बाँड्यो कम्बल

सर्लाहीमा चिसोबाट पीडित १३ सय विपन्न परिवारलाई स्थानीय प्रशासनले बाँड्यो कम्बल

तस्बिर : जिल्ला प्रशासन कार्यालय सर्लाही


नेपालखबर
माघ १४, २०८० आइतबार १०:२९, सर्लाही

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ।

मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

प्रजिअ धमलाका अनुसार मलंगवा, बलरा, गोडैता, बागमती, हरिवन र ईश्वरपुर नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल, कविलासी, चन्द्रनगर, हरिपूर्वा, पर्सा र ब्रह्मपुरी गाउँपालिकाका अतिविपन्न नागरिकलाई एक हजार दुई सय ८० थान कम्बल वितरण गरिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धिताल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण सर्लाहीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले अतिविपन्न बस्तीमा पुगेर कम्बल वितरण गरेकाे हाे। 

बाँकी स्थानीय तहका विपन्नलाई पनि कम्बल वितरण गर्ने कार्यक्रम रहेको सीडीओ धमलाले जानकारी दिए। मधेश प्रदेश सरकारले सर्लाहीका विपन्नलाई वितरण गर्नकाे लागि २ हजार थान कम्बल सर्लाहीका लागि उपलव्ध गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .