समाज


धनुषाबाट ३ मोटरसाइकलसहित ७ लाखको अवैध सामान बरामद


नेपालखबर
माघ १५, २०८० सोमबार १२:२, धनुषा

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको अवस्थामा धनुषा प्रहरीले सात लाख ५७ हजार बराबरको अवैध रामान बरामद गरेको छ।

खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामान र तीनवटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्हरुी कार्यालय धनुषाले जनाएको छ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो। 

सामान ओसारपसारमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।   

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .