समाज


‘प्रहरी हुँ’ भन्दै रकम असुली गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

सशस्त्र प्रहरीले लगाउने गरेको तयारी पोसाक पनि बरामद
‘प्रहरी हुँ’ भन्दै रकम असुली गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

नेपालखबर
साउन २४, २०८१ बिहिबार ११:३६, राैतहट

‘प्रहरी हुँ’ भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले रौटहटबाट एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रौतहटकै माधवपुर नगरपालिका- ९ का २४ वर्षीय रमेश साह छन्। 

साहले ‘म नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ’ भन्दै सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिको शरीर खानतलासी समेत गर्दै आएको अनुसन्धानको क्रममा खुलेको रौटहटकी प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्। 

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले साहलाई रौतहटकै चन्द्रपुर नगरपालिका- ९ डुमरियाबाट पक्राउ गरेको हो। 

उनको साथबाट सशस्त्र प्रहरीले लगाउने गरेको तयारी पोसाक पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 

‘उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेका छौँ,’ डीएसपी गिरीले भनिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad