समाज


सर्लाहीमा एकसाथ ३ वटा भालुले आक्रमण गर्दा एकजना घाइते

भालुले आक्रमण गर्न थालेपछि रुखमा चढेर ज्यान जोगाएँ: मानबहादुर बम्जन
सर्लाहीमा एकसाथ ३ वटा भालुले आक्रमण गर्दा एकजना घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८१ बुधबार १०:२६, सर्लाही

सर्लाहीको लालबन्दीमा पर्ने चुरे क्षेत्रका एक व्यक्ति एकसाथ तीनवटा भालुले आक्रमणमा परेका छन्।

लालबन्दी नगरपालिका-१३ निवासी ५० वर्षीय मानबहादुर बम्जनलाई मंगलबार साँझ लालबन्दी-१३ स्थित चुरेको जंगलमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

लालबन्दी बजारबाट साँझको बेला जंगलको बाटो एक्लै घर फर्किँदै गर्दा आफूलाई एकसाथ तीनवटा भालुले आक्रमण गरेको बम्जनले बताएका छन्। 

बम्जनको लालबन्दीस्थित एक क्लिनिकमा उपचार भइरहेको छ। 

भालुको आक्रमणबाट उनको शरीरका विभिन्न ठाउँमा गहिरो चोट छ। भालुले आक्रमण गर्न थालेपछि आफूले रुखमा चढेर ज्यान जोगाएको बम्जनले बताएका छन्।

रुखमा चढेर बसिरहेको बेला सोही बाटो भएर अरु बटुवाहरु आएपछि आक्रमण गर्ने भालु भागेका बम्जनको भनाई छ। 

भालु भागेपछि रुखबाट ओर्लिएका बम्जनलाई आफन्तले अस्पताल पुर्याएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad