पर्साको सखुवा प्रसौनीबाट एक वृद्ध पेस्तोलसहित पक्राउ परेका छन्।
सखुवा प्रसौनी गाउँपालिका-६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्ताेल १ थान र गोली ३ थानसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरीले उनले प्रयोग गर्दै आएको ना.२३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।
57
Shares

प्रतिक्रिया