समाज


पतिपत्नी सवार तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते

पतिपत्नी सवार तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते

नेपालखबर
असार ३२, २०८२ बुधबार १४:२, सर्लाही

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। 

आज बिहान साढे १० बजेतिर मलंगवा नवलपुर सडक खण्डमा पर्ने कबिलासी-१० पिडार चोकमा प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो। 

उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषलाई प्रहरीले उपचारको लागि प्रदेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी-८ का २२ वर्षीय रुपेश राय र मोटरसाइकलको पछाडि सवार उनकी पत्नी २० वर्षीया पिंकीदेवी राय पनि घाइते भएका छन्। 

दुर्घटनामा रुपेशको ओठ काटिनुका साथै माथिपट्टीको एउटा दाँत भाँचिएको छ। त्यसैगरि उनकी पत्नीको  गालामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते भए पनि उनीहरू दुवै खतरामुक्त छन्। 

उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad