पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैयाका जितेन्द्र माझी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
घरासयी विवाद हुँदा २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मादकपदार्थ सेवन गरेका जितेन्द्रले पत्नीलाई शनिबार राति मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।
ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
690
Shares

प्रतिक्रिया