समाज


सुनसरीमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २२ घाइते

सुनसरीमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २२ घाइते

नेपालखबर
असोज २, २०८२ बिहिबार १३:५१, सुनसरी

सुनसरीको भोक्राहमा आज भएकाे सवारी दुर्घनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 

पूर्व पश्चिम राजमार्गमा पर्ने नरसिंह गाउँपालिका–३ पुल्चोकमा  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना.६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हाे।

सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। 

एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हाे भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

२२ जना घाइतेहरुको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad