उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव एक लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
यादवलाई राज्य द्रोहको आरोपमा सर्लाही प्रहरीले गएकाे भदौ २५ गते पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि यही असोज ३ गते आमाको काजकिरियाका लागि उनी रिहा भएका थिए।
आमाको काजकिरिया सकेर बिहीबार आफैँ सर्लाही जिल्ला अदालत मलंगवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।
588
Shares

प्रतिक्रिया