समाज


धनुषाका सुकुम्वासी सडकमा : टायर बालेर प्रदर्शन, राजमार्गमा चक्काजाम

धनुषाका सुकुम्वासी सडकमा : टायर बालेर प्रदर्शन, राजमार्गमा चक्काजाम

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १३:३८, जनकपुरधाम

स्थानीय तहले सार्वजनकि जग्गा खाली गर्न भनेपछि धनुषाका सुकुमबासीले आन्दोलन सुरु गरेका छन्। 

सरकारी कदमविरुद्ध धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सुकुमबासीले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्। 

सुकुमबासीले सडकमा टायर बालेर प्रदर्शन गर्दा महेन्द्रनगरस्थित जनकपुर ढल्केवरमा यातायात सेवा समेत प्रभावित बनेको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले वैकल्पिक व्यवस्था नगरी सुकुमबासीलाई उठिबास गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका छन्। 

प्रदर्शनकारीहरुले महेन्द्रनगर पुलमा टायर बालेर सरकारविरुद्ध उग्र नारा लगाएका हुन्। 

क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न भन्दै सात दिन म्याद दिएर सूचना निकालेपछि उनीहरू त्रासमा छन्। गएको सोमबार नगरपालिकाले सूचना निकालेको थियो। 

नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनी दिएको छ। 

नगरपालिकाले नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न भनेको छ। 

सुकुमबासीको प्रदर्शनको कारण सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले जानकारी दिए।  

प्रदर्शनकारीले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गरेका हुन्। आज सांकेतिक रुपमा प्रदर्शन गरिएको  माग पूरा नभएसम्म आन्दोलन जारी रहने सुकुमबासीका अगुवाहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad