समाज


हुण्डरीले भाँचेको रुखको हाँगा जब गुडिरहेको ट्याक्टरमा बजारियो...

हुण्डरीले भाँचेको रुखको हाँगा जब गुडिरहेको ट्याक्टरमा बजारियो...

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८३ मंगलबार ५:३०, बारा

बाराको निजगढमा हुण्डरीले भाँचेको रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन्।

सोमबार साँझ भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना.७ त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो। घटनामा अर्याल गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। 

घटनामा ट्याक्टरमै सवार नुवाकोट सूर्यगढी नगरपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन्।

ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोलका ५० बुद्धमान बल भने सकुशल रहेका प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad