आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विविन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्यो।
यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरूलगायत उच्च पदस्त सरकारी कर्मचारीको सहभागी थिए।
कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरी विभिन्न कला कौशल प्रस्तुत गरे। यसैगरी नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पबृष्टि गरेको थियो। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ।
नेपालले राणा शासन हटेको दिनलाई प्रजातन्त्र दिवसको रुपमा मनाइँदै आएको छ।




93
Shares

प्रतिक्रिया