ad ad

समाज


जाजरकोट भूकम्पपीडितका लागि क्यानको २० लाख सहयोग

जाजरकोट भूकम्पपीडितका लागि क्यानको २० लाख सहयोग

नेपालखबर
फागुन १२, २०८० शनिबार ११:३८, काठमाडौँ

जाजरकोट भूकम्पबाट पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। 

जाजरकोट केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित परिवारका लागि क्यानले गत आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गराएको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानको टोलीले २० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .