समाज


बोक्सीको आरोपमा २६ वर्षीया महिलामाथि निर्घात कुटपिट

किटानी जाहेरीपछि चारजना पक्राउ
बोक्सीको आरोपमा २६ वर्षीया महिलामाथि निर्घात कुटपिट

नेपालखबर
पुस १०, २०८१ बुधबार १२:५७, कञ्चनपुर

कैलालीमा कथित बोक्सीको आरोपमा २६ वर्षीया महिलामाथि निर्घात कुटपिट भएको छ। 

बोक्सीको आरोप लगाएर भजनी नगरपालिका–१ बौनियाकी ती महिलामाथि कुटपिट गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भजनी–१ बौनियाकै २७ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लहानु चौधरी र ३५ वर्षीया रुपा चौधरी छन्। पीडितले ६ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक युवन चौधरीका अनुसार फरार २ जनाको खोजी भइरहेको छ।

यही पुस ४ गते ती महिलामाथि बोक्सीको आरोपमा आफ्नै घरमा कुटपिट भएको थियो। कुटपिटमा संलग्न उनकै नातेदार पर्छन्। प्रहरी निरीक्षक चौधरीका अनुसार अर्को दिन पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

कुटपिटबाट महिलाको शरीरमा निलडाम छन्। घटनापछि महिलालाई उपचारका लागि भजनी अस्पताल लगिएको थियो। त्यहाँबाट रेफर गरिएकी पीडित महिलाको अहिले धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका ४ जनाविरुद्ध पहिलो पटक ५ र दोस्रो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ‘बोक्सीको आरोपमा घरमै कुटपिट गरेको जाहेरी परेको छ, किटानीपछि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी निरीक्षक चौधरीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad