महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्दको अवस्था अझै अज्ञात छ।
मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा उनी नदीमा बेपत्ता भएका थिए।
त्यतिबेलैदेखि चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताए।
यसअघि सोमबार सोही नदीको किनारमा पञ्चेश्वर गाउँपालिकाकै वडा नम्बर १, डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउद मृत फेला परेकी थिइन्।
57
Shares

प्रतिक्रिया