एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट(ओडिआई)मा नेपाली मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले सर्वाधिक व्यक्तिगत स्कोर गरेका छन्।
पपूवा न्यूगिनीविरुद्धको जारी ओडिआई खेलमा रोहितले ५६ रन बनाएसँगै सो उपलब्धि हासिल गरेका हुन।
रोहितले ९४ बलमा १ चौका र २ छक्काको मद्दतमा ५६ रन पूरा गरेका छन।
यसअघि २०१९ जनवरीमा भएको यूएईविरुद्धको ओडिआई खेलमा रोहितले व्यक्तिगत ५५ रन बनाएका थिए। त्यसबेला उनले ५८ बलमा ७ चौकाको मद्दतमा ५५ रन बनाएका थिए।
नेपालले ३९ ओभरको खेल सकिदा ५ विकेट गुमाएर १५६ रन बनाएको छ।
ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।
अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।
Shares

प्रतिक्रिया