छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ।
नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गरी राखेपको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ।
प्रतियोगिताबाट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा शीर्ष ७ टोली र पाँच महिला टोलीले सहभागिता जनाउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।
संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि गरेको छ। एक साता आयोजना हुने प्रतियोगिताको बिजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन्। तेस्रोले १ लाख प्राप्त गर्नेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही १० हजार पाउने छन्।
Shares

प्रतिक्रिया