एभरेष्ट प्रिमिएर लिग(ईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक ललितपुर प्याट्रियट्सले काठमाडौ किंग्स एलाभेन सामु १ सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस हारेर ब्याटिङको निम्तो भएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो।
ललितपुरले पहिलो ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान कुशल भुर्तेललाई गुमायो। जितेन्द्र मुखियाको पहिलो बलमा नै भुर्तेल विकेट किपर रमल उल्लाको हातबाट क्याच भए।
पहिलो ओभरमा अन्तिम बलमा जितेन्द्र मुखियाले नै दोस्रो विकेट झारे। विकेट विकेटकिपर सन्दुन विकारकोडी २ रन जोड्दा पेवेलियन फर्के।
दोस्रो ओभरको तेस्रो बलमा नै तेस्रो विकेट गुमाएको हो। काठमाडौका गुलसन झा ले तेस्रो विकेट झारे। उनलेओसादा फर्नान्डोलाई ४ रन जोड्ला एलबीडब्लु धरापमा पारे।
छैटौं ओभरमा बलिङ गर्न आएका पाकिस्तानी स्टार शाहिद अफ्रीदीले पहिलो ओभरमै १३ रन ब्यहोरे।
लगातार विकेट पतनपछि दबाबमा रहेको ललितपुरको पारी पवन सर्राफ र शंकर राना सम्हाले। चौथो विकेटका लागि उनीहरुबीच ५६ रनको साझेदारी भएको थियो।
शंकर राना नवौं ओभरको अन्तिम बलमा आउट भएसँगै उक्त साझेदारी टुटेको थियो। २७ बलको सामना गरेका रानाले १४ रन बनाए।
पाँचौ विकेटका लागि पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले ६२ रनको रनको साझेदारी गरे।
४३ बलको सामना गरेका पवनले ४ छक्का र ५ चौकासहित ६१ रन जोडे। रायनको बलमा शेर मल्लले पवनलाई क्याच आउट पारेका थिए।
छैटौ विकेटमा ललितपुरले योगेन्द्रलाई गुमायो। योगेन्द्रले ३३ रनमा रायन बडले एलबीडब्लु धरापमा परे। २० बलमा उनले ३ छक्का हाने। रासिद खान एक रनमा आउट भए।
भुटानी खेलाडी रानजुङ मिक्यो दोर्जी १२ रनमा आउट भए। उनी गुलशन झाको बलमा शाहिद अफ्रिदीको हातबाट क्याच आउट भए। नाराएन जोशीले १२ रन थपे। ४ बलको सामना गरेका उनले ३ चौका हाने। ललित नाराएण राजवंशी शुन्य रनमा नटआउट रहे।
काठमाडौका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए। रायन बोटले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। गुलसन झाले दुई विकेट लिए। जितेन्द्रले ४ ओभरमा ४ विकेट झार्दा १८ रन खर्चे। शाहिद अफ्रिदीले आफ्नो स्पेलमा ३२ रन खर्चे। काठमाडौका कप्तान सन्दीप लामिछाने मज्जाले चुटिए। उनले ४ ओभरमा ४४ रन खर्चदा कुनै विकेट झार्न सकेनन्।
पवनको अर्धशतक
ललितपुरका मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले यो सिजनको इपीएलमा पहिलो अर्धशतक पुरा गरेका छन्। पवनले ४० बलमा अर्धशतक पुरा गरेका हुन्। पाँचौ नम्बरमा ब्याटिङमा आएका पवनले ३ छक्का र ४ चौका मद्धतमा अर्धशतक पुरा गरे।
यो सिजनमा पवनले पहिलो अर्धशतक हानेका हुन्। ४३ बलको सामना गरेका पवनले ४ छक्का र ५ चौका मद्धतमा ६१ रन जोडे।
Shares

प्रतिक्रिया