खेल


इपीएलमा रहमुल्लाह गुरवाजको अर्धशतक

इपीएलमा रहमुल्लाह गुरवाजको अर्धशतक

नेपालखबर
असोज ९, २०७८ शनिबार १४:५५, काठमाडौँ

अफगानिस्तानका ब्याट्सम्यान रहमुल्लाह गुरवाजले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा अर्धशतक प्रहार गरेका छन्। 

इपीएलमा अधएशतक हान्ने रहमुल्लह दोस्रो खेलाडी तथा पहिलो विदेशी खेलाडी हुन्। यसखघि ललितपुरका पवन सर्राफले अर्धशतक पुरा गरेका थिए।

ललितपुरविरुद्धको उद्घाटन खेलमा रहमुल्लाहले अर्धशतक पुरा गरेका हुन्। उनले २४ बलमा अर्धशतक पुरा गरेका हुन्। २४ बलमा ४ चौका र ४ छक्का मद्धतमा उनले अर्धशतक पुरा गरे। 

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको काठमाडौले छ ओभरको समाप्तीमा २ विकेट गुमाएर ६० रन बनाएको छ।

ओपनर रहमुल्लाह ५१ र रायन बुरी ३ रनमा नटआउट छन्। 
अर्का ओपनर सुवास खकुरेल शुन्य रन र अमित श्रेष्ठ ४ रनमा रन आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad