इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
घरेलु मैदानमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसहित उत्रिएको युनाइटेडलाई एस्टन भिल्लाले १-० गोलअन्तरले हराउन सफल भएको हो।
एस्टनलाई जित दिलाउन कोर्टने हाउसले ड्युग्लस लुइजको पासमा हेडमार्फत् खेलको ८८ औँ मिनेटमा निर्णायक गोल गरे।
यसअघिका खेलमा युनाइटेडका लागि चार गोल गरिसकेका रोनाल्डोले एस्टन भिल्लाविरुद्ध प्रभाव देखाउन सकेनन्।
अर्कातिर खेलको इन्जुरी समयमा पाएको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले पोस्टभन्दामाथि पठाएपछि युनाइटेड हार टार्ने अवसर पनि गुमाएको थियो।
यो जितसँगै एस्टन भिल्लाले ६ खेलमा १० अंक जोड्दै लिगको सातौं स्थानमा छ। युनाइटेडले ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा छ।
60
Shares

प्रतिक्रिया