खेल


ईपीएलमा आज दुई खेल हुँदै, पहिलो प्रतिस्पर्धामा विराटनगर र चितवन भिड्दै

ईपीएलमा आज दुई खेल हुँदै, पहिलो प्रतिस्पर्धामा विराटनगर र चितवन भिड्दै

फाइल तस्बिर : विराटनगर वारियर्स


नेपालखबर
असोज १०, २०७८ आइतबार ६:१२, काठमाडौँ

पल्सर एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गत आज (आइतबार) दुई खेल हुँदै छन्। 

पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्ने छन्। 

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा ​दुवै टोली जित्ने योजनामा हुनेछन्। 

विराटनगर करण केसीको कप्तानीमा मैदान उत्रनेछ भने चितवनको कमानी सोमपाल कामीले गर्नेछन्। 

चितवनले विदेशी खेलाडीका रूपमा अफगानिस्तानका मोहमद शाहजाद र करिम जन्नत, श्रीलंकाका सिकुगे प्रसन्न र मलेसियाका विरनदीप सिंहलाई अनुबन्ध गरेको छ। 

स्वदेशी खेलाडीमा कप्तान सोमपालसँगै दिलीप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमलसिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, इसान पाण्डे र खड्ग बोहरालगायत खेलाडी छन्। 

यस्तै विराटनगरले जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान, वेस्टइन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपाउल र श्रीलंका ओपनर ब्याट्सम्यान दिल्सान मुनावीरालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।  

स्वदेशी खेलाडीमा कप्तान करण केसी, आसिफ शेख (विकेटकिपर), अनिलकुमार शाह (विकेटकिपर), सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी, रामनरेश गिरी, विक्रम कुमार भुसाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव छन्। 

आइतबारै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज खेल्नेछन्। खेल सोही मैदानमा दिउँसो साढे १ बजे सुरु हुनेछ।

पोखराको कप्तानी विनोद भण्डारीले गर्नेछन् भने भैरहवाको कप्तानी शरद भेषावकरले सम्हाल्नेछन्।

ईपीएलको शीर्ष २ मा रहने लक्ष्यमा रहेको पोखरा भैरहवालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ।​​

भैरहवा पनि पोखरालाई हराउने दाउमा हुनेछ। ​

ईपीएलका लागि पोखराले दक्षिण अफ्रिकाका रिचर्ड लेभी, वेस्ट इन्डिजका केस्रिक विलियम्स, श्रीलंकमा बायाँ हाते युवा ब्याट्सम्यान सहान अराचिगे र असेला गुणरत्नेलाई अनुबन्ध गरेको छ।

पोखरामा कप्तान तथा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रवीन्द्रजंग शाहीलगायत स्वदेशी खेलाडी छन्। 

भैरहवा ग्ल्याडियटर्सले भने मलेसियाका अलराण्डर युवा स्टार शार्विन मुनिआन्दी, श्रीलंका पूर्वकप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद, बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाललाई अनुबन्ध गरेको छ। 

टोलीमा युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त लगायतका खेलाडी छन्। 

ईपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रियस्लाई ७ विकेटले हराउँदै काठमाडौ किंग्स एलाभेनले विजय सुरुवात गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad