ad ad

खेल


ओसिलो मैदानका कारण २ घण्टा ढिलो भयाे काठमाडौं किंग्स र विराटनगर वारियर्सबीचको खेल

ओसिलो मैदानका कारण २ घण्टा ढिलो भयाे काठमाडौं किंग्स र विराटनगर वारियर्सबीचको खेल

नेपालखबर
असोज ११, २०७८ सोमबार ११:४२, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को सोमबारको पहिलो खेलमा काठमाडौं किग्स एलाभेन र विराटनगर वारियर्सबीचको खेल झण्डै २ घण्टा ढिला भइसकेको छ।

चिसो मैदानका कारण करिब झण्डै २ घण्टा ढिला भएको खेलमा ११ बजेर ४० मिनेटमा अम्पाएरले मैदान निरीक्षण गर्नेछन्। खेल सुरु हुनुपर्ने अन्तिम समय (कट अफ टाइम) १२ः२५ सम्म छ। 

खेल सुरु भएमा  ५÷५  ओभरको मात्र हुने सम्भावना छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार परेको पानीका कारण ओसिलो आउट फिल्डका कारण ढिला भएको हो। 

काठमाडौ लगातार दोस्रो जितको खोजीमा हुँदा विराटनगर पहिलो जित निकाल्न चाहन्छ। 

पाकिस्तानका पूर्वकप्तान तथा स्टार खेलाडी शाहिद अफ्रिदीले ईपीएलमा आफ्नो अन्तिम खेल खेल्दै छन्। अफ्रिदीले पहिलो खेलमा बलिङको मात्रै मौका पाएका थिए।

यसअघि भएको पहिलो खेलमा काठमाडौंले ललितपुर प्याट्रियट्समाथि ७ विकेटको जित निकालेको थियो। विराटनगर भने चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो। 

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच खेल हुँदै छ। 

चितवन लगातार दोस्रो जितको लक्ष्यमा हुँदा भैरहवा पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले हराएको थियो। 

भैरहवाले भने वर्षाका कारण खेल प्रभावित हुँदा पोखरा राइनोजसँग अंक बाँड्न बाध्य भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .