भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल ढिला गरी सुरु हुने भएको छ।
हिजो परेको पानीका कारण मैदान ओसिलो भएपछि खेल हुन ढिलाइ भएको छ।
एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएलको सोमबारको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच खेल हुने तालिका छ। दिउँसो साढे २ बजे अम्पायरले मैदान निरीक्षण गर्नेछन्।
चितवन लगातार दोस्रो जितको लक्ष्यमा हुँदा भैरहवा पहिलो जितको खोजीमा हुनेछ।
पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले हराएको थियो। भैरहवाले भने वर्षाका कारण खेल प्रभावित हुँदा पोखरा राइनोजसँग अंक बाँड्न बाध्य भएको थियो।
यसअघिको आजको पहिलो खेल ओसिलो आउट फिल्डका कारण स्थगित भएको थियो।
काठमाडौं किंग्स एलाभेन र विराटनगर वारियर्सबीचको खेल आइतबार परेको पानीका कारण मैदान चिसो भएपछि टस पनि हुन नसकी स्थगित भएको हो।
खेल अरु कुनै दिन गराउने आयोजकको तयारी छ।
Shares
प्रतिक्रिया