ad ad

खेल


ईपीएलः सोमबारका दुवै खेल टस पनि नभई स्थगित

ईपीएलः सोमबारका दुवै खेल टस पनि नभई स्थगित

नेपालखबर
असोज ११, २०७८ सोमबार १४:१२, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा सोमबारका लागि तय दुवै खेल स्थगित भएको छ। 

आइतबार परेको पानीका कारण मैदान भिजेपछि टस समेत हुन नसकेपछि सोमबारका दुवै खेल स्थगित भएको हो। 

सोमबारको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच खेल हुने तालिका थियो।  

अम्पायरले दिउँसो साढे २ बजे मैदान निरीक्षण गर्ने भने पनि त्यसअघि नै पानी परेपछि आयोजकले खेल स्थगित गरेको हो।  

कप्तान र खेलाडीसँग सल्लाह गरेपछि अम्पाएरले खेल सुरु हुने निर्धारित समयभन्दा १ घण्टा ढिला मैदान निरिक्षण गर्ने बताएका थिए। तर हल्का पानी परेपछि खेल स्थगित हुन पुगेको हो। 

पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले हराएको थियो। भैरहवाले भने वर्षाका कारण खेल प्रभावित हुँदा पोखरा राइनोज्सँग अंक बाँड्न बाध्य भएको थियो। 

यसअघिको आजको पहिलो खेल ओसिलो आउट फिल्डका कारण स्थगित भएको थियो। काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल आइतबार परेको पानीका कारण मैदान चिसो भएपछि टस पनि हुन नसकी स्थगित भएको हो। 

खेल अरु कुनै दिन गराउने आयोजकको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .