खेल


एनभीए भलिबल च्याम्पियनसिपः एपीएफ र होंगान्जी न्यु डायमन्डको विजयी सुरुवात

एनभीए भलिबल च्याम्पियनसिपः एपीएफ र होंगान्जी न्यु डायमन्डको विजयी सुरुवात

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०७८ मंगलबार १३:४, काठमाडौँ

नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबले छैटौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज मंगलबार भएको महिलातर्फको खेलमा एपीएफले ढोरपाटन स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो। 

एपीएफले ढोरपाटनलाई २५–११, २५–७ र २५–६ ले पराजित गरेको हो। 

आजै भएको अर्को खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई २५–६, २५–५ र २५–१३ ले पराजित गर्यो।  

च्याम्पियनसिपमा आज पुरुषतर्फका ४ खेल हुनेछन्। आज टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले प्रदेश दुई, मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लबले नयाँ बजार एपीएफले बूढानीलकण्ठसँग खेल्नेछ। 

पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा हुने लिगका लागि छनोट हुनेछन्। 

च्याम्पियनसिपको विजेताले समान ४ लाख रुपैयाँ हात पार्नेछन्। दोस्रोले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad