गण्डकी प्रदेशले छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा मणिमुकुन्द भलिबल क्लबमाथि संघर्षपुर्ण जित जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको छ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा गण्डकीले मणिमुकुन्दमाथि ३–२ को सेटमा जित निकालेको हो।
सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछिका दुई सेट गुमाएको थियो। अन्तिम तथा निर्णायक सेटमा जित निकाल्दै क्वार्टरफाइलनमा स्थान बनाएको हो।
गण्डकीले पहिलो सेट २६–२४ तथा दोस्रो सेट ३६–३४ ले जितेको थियो। तेस्रो सेट १८–२५ र चौथो सेट २५–२७ ले गुमाएको गण्डकीले पाँचौ तथा अन्तिम सेटमा १५ –१३ ले जित निकालेको हो।
गण्डकीले दुई खेलबाट ५ अंक जोडेको छ। गण्डकीसँगै नेपाल पुलिस क्लवले पनि अन्तिम ८ मा स्थान बनाएको छ।
पुरुषतर्फ मणि मुकुन्द र दवाली मिलन क्लब समूह चरणबाटै बाहिरिएका छन्।
त्यसअघि भएको पहिलो खेलमा हेल्प नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुहमा एक खेल बाँकी छँदै अन्तिम आठमा पुग्न सफल भएको छ। हेल्प नेपालले २५–२१, २५–१७ र २५–१६ को सहज जित निकालेको हो।
लगातार दोस्रो हारसँगै प्रदेश २ समूह चरणबाट बाहिरिएको छ। समुह चरणबाट बाहिरिसकेका प्रदेश २ र बागमतीले समुह चरणको अन्तिम खेलमा सपर्धा गर्नछन्।
हेल्प नेपालको जितसँगै गल्कोटले पनि एक खेल बाँकी छदै क्वाटरफाइनलमा स्थान बनाएो छ। समुह विजेताका लागि हेल्प नेपाल र गल्कोट भिड्नेछन्।
Shares

प्रतिक्रिया