खेल


पीएसजीद्वारा म्यानचेस्टर सिटी पराजित

पीएसजीद्वारा म्यानचेस्टर सिटी पराजित

नेपालखबर
असोज १३, २०७८ बुधबार ८:५८, काठमाडौँ

लियोनेल मेस्सी र इड्रिसा गानाको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको छ। 

मंगलबार राति समूह ‘ए’ अन्तर्गतको खेलमा पीएसजीले सिटीलाई २–० गोल अन्तरले हराएको हो। 

पार्क डेस प्रिन्सेसमा भएको खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईले गोल गरेपछि घरेलु टोली पीएसजीले सुरुवाती अग्रता लिएको थियो। खेलको ७४ औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गरेपछि पीएसजीले अग्रता दोब्बर पारेको थियो।  

गएराति नै भएको समूह ‘ए’ कै अर्को खेलमा आरबी लाइप्जिग क्लब ब्रुगसँग २–१ गोल अन्तरले पराजित भएको छ।

जितसँगै पीएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ। पराजित सिटी ३ अंकमा दोस्रो क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा छ। अंक विहिन लाइप्जिग पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad