खेल


इपीएल: ललितपुरमाथि पोखराको सानदार जित

इपीएल: ललितपुरमाथि पोखराको सानदार जित

नेपालखबर
असोज १३, २०७८ बुधबार १३:२८, काठमाडौँ

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग(इपीएल) क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियोट्समाथि पोखरा राइनोजले ९ विकेटको सानदार जित हात पारेको छ। 

चिसो मैदानका कारण निर्धारित समयभन्दा खेल ढिलो गरि सुरु भएको खेल ७ ओभरमा छोट्टाइएको थियो। ७ ओभरमा ललितपुरले दिएको ३  ५२ रनको लक्ष्य पोखराले ३ बल बाँकी रहँदै १ विकेट गुमाएर भेट्टाएको हो। 

पोखराका ओपनर रिचार्ड लेभी ३८ रनमा नटआउट रहे। अर्का ​रित गौतमले १२ रन जोडे। लेभीले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रितले १२ बलमा १ चौका प्रहार गरे।

यस्तै सहान आराचिगी १ रनमा नटआउट रहे। उनले ३ बल खेले। 

त्यसअघि नन्दन यादवको घातक बलिङ गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हाेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।

ललितपुरका ओपनर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन जोडे। १६ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे।  

यस्तै उसका नारायण जोशी ११ रनमा बोल्ड आउट भए।  कप्तान तथा ओपनर कुशल भुर्तेल ३ रनमै पवेलियन फर्के। उनलाई विक्रम सोबले नन्दन यादवको हातबाट क्याच आउट गराएका थिए। 

पवन सर्राफले ५ र अजमतुल्लाह ओमरजाइले १ रन थपे। सुन्दीप जोरा गोल्डेन डक भए भने ​ओसाडा फर्नान्डोे १० रनमा नटआउट रहे।  

पोखराका नन्दन यादवले ३ तथा विक्रम सोबले २ विकेट तथा केस्रिक विलियम्सले १ विकेट झारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .