खेल


पोखरालाई ललितपुरले दियो ५२ रनको लक्ष्य

पोखरालाई ललितपुरले दियो ५२ रनको लक्ष्य

नेपालखबर
असोज १३, २०७८ बुधबार १३:८, काठमाडौँ

नन्दन यादवको घातक बलिङमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजसामु ५२  रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल तयार पारेको हो। 

ललितपुरका ओपनर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रनको योगदान दिए। १६ बलको सामना गरेका उनले १ चौका र १ छक्का हाने।  

नारायण जोसी ११ रनमा बोल्ड आउट भए।  कप्तान तथा ओपनर कुशल भुर्तेल ३ रनमा पवेलियन फर्के। उनलाई विक्रम सोबले नन्दन यादवको हातबाट क्याच आउट गराएका थिए। 

पवन सर्राफले ५ र अजमतुल्लाह ओमरजाइले १ रन थपे। सुदपि जोरा गोल्डेन डक आउट भए। 

ओसाडा फर्नान्डोे १० रनमा नटआउट रहे।  

पोखराका नन्दन यादवले ३ तथा विक्रम सोबले २ विकेट झारे। केस्रिक विलियम्सले १ विकेट झारे। 

आइतबारदेखिको वर्षाका कारण लगातार तिन खेल स्थगित भएपछि आजको दिनको पहिलो खेल ७ ओभरमा छोट्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .