पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेलमा म्यानचेस्टर युनाइटेडले भिल्ला रियललाई हराएकाे छ।
आफ्नो कीर्तिमानी खेलमा निर्णायक गोल गरेका रोनाल्डोले रियल म्याड्रिडका पूर्वकप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमान तोडेका हुन्।
समूह एफअन्तर्गतको खेलमा रोनाल्डोले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै कीर्तिमानी खेललाई स्मरणयाेग्य बनाए।
गएराति भएको खेलमा युनाइटेडले भिल्ला रियलाई २–१ ले हराएकाे हाे।
१० मिनेटपछि नै युनाइटेडले बराबरी गोल फर्कायो। ६० औँ मिनेटमा ब्रुनो फर्नान्डेजको फ्रिकिकमा एलेक्स टेलेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
युनाइटेडले २ खेलबाट ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ। पराजित भिल्ला रियल १ अंकमा तालिकको पुछारमा छ।
गएराति नै भएको समूह एफको अर्को खेलमा एटलान्टाले योङ ब्वाइजलाई १–० गोल अन्तरले हराएकाे छ।
४ अंकका साथ एटलान्टा समूहको शीर्ष स्थानमा छ। ३ अंक भएको योङ ब्वाइज दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया