खेल


ललितपुरले बनायो ईपीएलकै कीर्तिमानी योगफल, विराकोडी र ओमारजाईको विस्फोटक ब्याटिङ

ललितपुरले बनायो ईपीएलकै कीर्तिमानी योगफल, विराकोडी र ओमारजाईको विस्फोटक ब्याटिङ

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १२:३४, काठमाडौँ

सन्दुन विराक्कोडी र आजमतुल्लाह ओमरजाईको उत्कृष्ट ब्याटिङ मद्धतमा एभरेष्ट प्रिमियर लिग (इपीएलं) मा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्ससामु २ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २६ रनको योगफल तयार पारेको हो। 

ललितपुरका ओपनर सान्दुक विरोक्कोडीले सर्वाधिक ७३ रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

आजम तुल्लाह ओमजाइ ५८ र नाराएण जोशी १८ रनमा नटआउट रहे। 

विष्फोटक ब्याटिङ गरेका आजमतुल्लाहले २४ बलमा ७ छक्का प्रहार गर्दै ५८ रनको महत्वपुर्ण योगदान दिए। 

पहिलो विकेटका लागि ओपनर सन्दुन र कुशल भुर्तेलले ७० रनको महत्वपुर्ण साझेदारी गरे। कप्तान तथा ओपनर कुशल ३२ रनमा पवेलियन फर्के। कुशलले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कुशल विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए। 

दोस्रो विकेटका लागि विराक्कोडी र युवा ब्याटर योगेन्द्र सिहं कार्कीले ४ रनको साझेदारी गरे। योगेन्द्र २७ रनमा आउट भए। १८ बलमा १ चौका र ३ छक्का हानेका कार्की सुमित मर्हजनको हातबाट क्याच आउट भए। 

पवन सर्राफ २ रन जोड्दा प्रतिश जिसीको बलमा एलबीडब्लु धरापमा परे। 

पाँचौ विकेटका लागि आजमतुल्लाह ओमरजाइ र जयशिन कोल्सावालले ६० रनको साझेदारी गरे। कोल्सावाला १३ रनमा करण केसकिो बलमा विकेटकिपर आशिफ शेखको हातबाट आउट क्याच आउट भए। 

विराटनगरका लागि करण केसीले दुई तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्सान मुनाविराले समान एक विकेट झारे। 

ललितपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। ललितपुरले आज भारतीय विकेटकिपर ब्याटर जयकिशन कोल्सावालालाई टोलीमा समेटेको छ।

कोल्सावाला यसअघि ललितपुरको टोलीमा थिएनन्। कोल्सावालले ओशदा फर्नान्डोलाई विस्थापित गर्दै टोलीमा स्थान बनाएका हुन्। 

सान्दुनको उत्कृष्ट अर्धशतक 
ललितपुरका ओपनर ब्याटर सान्दुन विराक्कोडीले इपिएलको ११ औँ खेलमा विराटनगर वारियर्सविरुद्ध अर्धशतक प्रहार गरे। विराक्कोडीले २९ बलमा ९ चौका र १ छक्का हान्दै अर्धशतक पुरा गरेका हुन्। 

उनले १० औं ओभरको पहिलो बलमा एक रन लिदैँ अर्धशतक पुरा गरेका हुन्। इपीएलमा सान्दुनको लगातार दोस्रो अर्धशतक हो। 

सान्दुनले बिहिबार भएको भैरहवा ग्ल्याडिटयर्सविरुद्धको खेलमा  ५८ रनको उत्कृष्ट इनिङस् खेलेका थिए। 

विराक्कोडीले विराटनगरविरुद्ध ४३ बलमा १० चौका र ३ छक्का हान्दै ७३ रनको महत्वपुर्ण योगदान दिए।

आजमतुल्लाह ओमरजाइको अर्धशतक 
ललितपुरका प्याट्रियट्सका ब्याटर आजमतुल्लाह ओमरजाइले विराटनगर वारियर्सविरुद्ध अर्धशतक पुरा गरे। आजमतुल्लाहले २१ बलमा अर्धशतक पुरा गरेका हुन्। इपीएलमा २४ बलको सामना गरेका ओमरजाइले ७ छक्का हान्दै ५८ रनमा नटआउट रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad