खेल


भैरहवाले चितवनलाई चखायो पहिलो हार

भैरहवाले चितवनलाई चखायो पहिलो हार

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०७८ सोमबार १३:६, काठमाडौँ

प्रदिप ऐरी र तमिम इक्वालले शतकीय साझेदारी गरेपछि चितवन टाइगर्समाथि भैरहवा ग्लाडियटर्सले ६ विकेटको जित निकालेको छ। 

योसँगै भैरहवा एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायर नजिक पुुगेको छ।  

चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ शदमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

भैरहवाका उपुल थरङगा ३९ र कुशल मल्ल १ रनमा नटआउट रहे। १९ बलको सामना गरेका उपुलले ३ चौका र ३ छक्का हाने। 

ओपनर तमिम इक्वाल र प्रदिप ऐरीले पहिलो विकेटका लागि १ सय ६ रनको उत्कृष्ट साझेदारी गरेपछि भैरहवा सहज जिततर्फ उन्मुख भएको थियो। 

प्रदीपले ७२ रनको सर्वाधिक योगदान दिए। प्रदीपले ईपीएल इतिहासमै सर्वाधिक व्यक्तिगत रन जोडेका हुन्। यसअघि उनले सन् २०१६ मा भएको ईपीएलमा ५५ रन जोडेका थिए। 

४३ बलको सामना गरेका प्रदीपले ८ चौका र ३ छक्का हाने। प्रदीप ऐरि १३ औँ ओभरको पहिलो बलमा क्याच आउट भए। इकवाल ११ औँ ओभरको पाँचौ बलमा बोलड आउट भए। 

३० बलको सामना गरेका इकवालले  ५ चौका र १ छक्का हान्दै ४० रन जोडे। 

लगातार लामो सट खेल्ने प्रयासमा रहेका तमिम इकवालले तिन जिवन दान पाएपछि भैरहवाले सहज जित निकालेको हो। तमिमले २२ रन जोड्दा भीम सार्कीले क्याच छाडेपछि जोगिएका थिए। 

२९ रन बनाउने क्रममा ततिममको बल करिम जन्नतले छाडे। ३९ रनमा जन्नतले नै क्याच ड्रप गरेपछि इकवालले लगातार तीन जीवन दान पाए। 

रोहित पौडेल ६ रन थप्दै पवेलियन फर्के। आरिफ शेख १ रनमा एलबीडब्लु धरापमा परे। 

चितवनका सेकुगे प्रशन्न महंगा सावित भए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चदा कुनै विकेट झार्न सकेनन्। करिम जन्नतले २ तथा  सागर ढकाल र भिम सार्कीले समान एक विकेट लिए। 

त्यसअघि सोमबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो। 

चितवनका लागि करिम जन्नतले ३५ र मोहम्मद शहजाले ३२ रनको योगदान लिए। सेकुगे प्रशन्न २४ रनमा क्याच आउट भए। भिम सार्कीले १६ रन थपे। दिलीप नाथ १३ रनमा बोल्ड आउट भए।  देव खनाल ५, खडक बोहोरा १ रनमा पवेलियन फर्के। कमल ऐरी ७ र गौतम केसी शुन्य रनमा नटआउट रहे। 

चितवनका अविनास बोहोराले ३ तथा कुशल मल्लले २ विकेट लिए। कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक एक विकेट झारे।

आजै हुने दोस्रो खेलमा काठमाडौं किंंग्स इलाभेन र पोखरा राइनोज भिड्नेछन्। खेल दिउँसो साढे १ बजे हुनेछ।  

ऐरीको अर्धशतक 
भैरहवाका ओपनर प्रदिप ऐरीले चितवन टाईगर्सविरुद्धको खेलमा अर्धशतक पुरा गरेका छन्। 

ऐरीले २८ बलमा ५ चौका ३ छक्का मद्दतमा अर्धशतक हाने। नवौ ओभरको चौथो बलमा फाइन लेगमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। 

चितवनविरुद्ध प्रदीपले ७२ रनको महत्वपूर्ण योगदान दिए। ४३ बलमा ८ चौका र ३ छक्का हाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .