ad ad

खेल


भैरहवा ग्लाडियर्टस ईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

भैरहवा ग्लाडियर्टस ईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

नेपालखबर
असोज २०, २०७८ बुधबार १७:५६, काठमाडौँ

काठमाडौं किंग्स इलाभेनलाई १६ रनले पराजित गर्दै भैरहवा ग्लाडियर्टस एभरेष्ट प्रिमियर लिग (इपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। 

भैरहवाले अब फाइलनमा स्थान बनाउनका लागि बिहीबार पोखरा राइनोजसँग खेल्नेछ। पोखरामा आजै भएको पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो। भैरहवाले पोखरालाई पराजित गरे फाइनलमा स्थान बनाउने छ। दोस्रो क्वालिफायर खेल बिहीबार दिउँसो सवा १२ बजे हुनेछ। 

भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो। 

काठमाडौंका ओपनर असान प्रियञ्जन र राजु रिजालले ४.३ ओभरमा ३३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। 

ओपनर प्रियञ्जनले सर्वाधिक  ६८ रनको योगदान दिएपनि टोलीको हार टार्न भने सकेनन्। ४८ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का हाने। उनी धम्मिका प्रसादको बलमा बोल्ड आउट हुन पुगे। 

रिजाल १० रनमा पवेलियन फर्के। रायन वर्ल गोल्डेन नकआउट भए। जनक प्रकाशले २८ र अमित श्रेष्ठले १९ रन थपे। दिनेश अधिकारी १५, अमर राउटेला ५, सन्दीप लामिछाने ६ रनमा पवेलियन फर्के। 

गुलशन झा र शेर मल्ल समान १ रनमा नटआउट रहे। 

भैरहवाका लागि धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले समान २ विकेट झारे। दुर्गेश गुप्ताले एक विकेट लिए।  

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकृट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८८ रनको योगफल तयार पारेको थियो। 

दोस्रो विकेटका लागि प्रदीप ऐरी र उपुल थरङ्गाले ४७ रनको साझेदारी गरे। प्रदीप ३९ रन जोड्दा विकेट किपरको हातबाट आउट भए। २७ बलको सामना गरेका प्रदीपले ६ चौका र १ छक्का हाने। उपुल ३५ बलमा क्याच आउट भए। उनले ३३ बलमा ५ चौका हाने।

पाँचौ विकेटका लागि कुशल मल्ल र शरद भेषावकरले ६१ रनको साझेदारी गर्दै भैरहवालाई बलियो योगफल उन्मुख गराएका थिए। कुशलले २० बलमा ४ छक्का मदतमा ३२ रनमा पवेलियन फर्के। 

भेषावकर ४९ रनमा पवेलियन फर्के। २० बलको सामना गरेका शरदले ७ चौका र ३ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका शरद क्याच आउट हुन पुगे। उनी आउट भएसँगै इपीएलमा सर्वाधिक छिटो अर्धशतक बनाउने किर्तिमानबाट १ रनले टाढा भए।

२० बलमा  अर्धशतक प्रहार गरेको खण्डमा भेषावकरले ईपीएलमा आजमतुल्लाह आमरजाईको किर्तिमान तोड्ने थिए।

यसअघि ललितपुरका आजमतुल्लाह अमरजाईले विराटनगरविरुद्ध २१ बलमा अर्धशतक पुरा गर्दै इपीएलमा किर्तिमान बनाएका थिए।  

आरिफ शेख १५ रनमा रन आउट भए। ओपनर तमिम इक्वाल ९, रोहित पौडेलले एक रन थपे। धम्मिका प्रसाद १ रनमा नटआउट रहे। दुर्गेश थापा गोल्डेन डकआउट भए। 

काठमाडौंका सन्दीप लामिछाने र असान प्रियञ्जनले दुई विकेट लिए। शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .