ad ad

खेल


आईपीएल : हैराबादले बैंगलोरलाई हरायो

आईपीएल : हैराबादले बैंगलोरलाई हरायो

नेपालखबर
असोज २१, २०७८ बिहिबार ४:५५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई हराएको छ। 

बुधबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ४ रनले हराएको हो। 

शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिएको १४२ रनको लक्ष्य बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो। 

बैंगलोरका लागि देभदत्त पाडिकलले सर्वाधिक ४१ रनको योगदान गरे भने ग्लेन म्याक्सवेलले ४० रन बनाए। त्यस्तै एभी डिभिलियर्सले १९ र साहबाज अहमेदले १४ रन बनाए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। 

हैदराबादका लागि जेसन रोयले सर्वाधिक ४४ रनको योगदान गरे भने केन विलियमसनले ३१ रन बनाउँदा जेसन होल्डरले १६ रनको योगदान गरे।  

बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक ३ विकेट लिए भने डान क्रिचियनले २ विकेट। यस्तै गोर्गे गार्टोन र युजभेन्द्र चहालले समान एक–एक विकेट लिएका थिए।

यो खेल जिते पनि हैदराबाद प्रतियोगिताबाट भने बाहिरिसकेको छ। तालिकाको पुछारमा रहेको हैदराबादले लिगमा १३ खेलमा ६ अंक बनाएको छ। 
पराजित बैंगलोर १६ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .