ad ad

खेल


नेपाली टाेलीका प्रशिक्षक भन्छन् : भारत दक्षिण एसियाको बलियो टिम हो, तर हामी हार्ने छैनौँ :

नेपाली टाेलीका प्रशिक्षक भन्छन् : भारत दक्षिण एसियाको बलियो टिम हो, तर हामी हार्ने छैनौँ :

नेपालखबर
असोज २३, २०७८ शनिबार १७:४१, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल जित्न नेपाललाई कठिन हुने बताएका छन्।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेलपहिले बोल्दै प्रशिक्षक अल्मुताइरीले नेपालका लागि यो खेल चुनौतीपूर्ण रहेको बताए। 

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले आइतबार दक्षिण एसियाकव बलियो टोम भारतसँग खेल्दैछ। नेपाल र भारतबीचको समूह चरणको यो खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

'भारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ। भारत यस क्षेत्रको उत्कृष्ट टिम हो', प्रिम्याच कन्फ्रेसमा उनले भने, 'उनीहरु ७ पटकका च्याम्पियन हुन्।,'

अल्मुताइरीले भारतलाई हराउने नेपालको सम्भावना एक प्रतिशत मात्रै रहेको उल्लेख गरे।  'मेरो विचारमा भारतले खेल जित्ने सम्भावना ९५ प्रतिशत छ। ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ,' उनले भने, 'तर मलाई आशा छ हामी हार्ने छैनौँ।'

यसअघिका साफमा दबदबा राख्दै आएकव भारतले यो पटकको साफमा फितलो प्रदर्शन गरिरहेको छ। भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेर २ अंक जोडेको छ।

पहिलो खेलमा भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले यसअघिका दुवै खेलमा जित निकालेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो। 

नेपाल २ खेलबाट ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ। यसले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्ने सम्भावना बलियो छ। उता भारतलाई फाइनल पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .