ad ad

खेल


सपना देखेपछि नै पूरा हुने हो, भारतलाई हराउन तयार छौँ : किरण चेमजोङ

सपना देखेपछि नै पूरा हुने हो, भारतलाई हराउन तयार छौँ : किरण चेमजोङ

नेपालखबर
असोज २३, २०७८ शनिबार १७:५४, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले भारतविरुद्ध आइतवार हुने खेलका लागि राम्रो तयारी गरिएको बताएका छन्।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत आइतवार हुने खेलअघि शनिबार आयोजित प्रि-म्याच कन्फरेन्समा उनले बलियो टिमलाई हराउन राम्रो तयारी गरेको बताए।

'हामीले राम्रो तयारी गरेका छौँ। प्रशिक्षकले भने जस्तै भोलिको खेल कठिन छ। हामी चरणबद्ध अघि बढिरहेका छौँ', उनले भने, 'हामीले दुई चरण पार गरिसकेका छौँ। लक्ष्य पूरा गर्न भोलि अर्को चरण छ। हामी जितकै लागि ९० मिनेटसम्म खेल्छौँ।'

गोल किपरसमेत रहेका किरणले साफ जित्ने सपना पूरा गर्न नेपालका लागि भारतविरुद्धको खेल महत्वपूर्ण रहेको बताए।

'सपना देख्नु पर्छ। सपना देखेर मात्रै लक्ष्यमा पुगिन्छ। मेरो मात्रै होइन, सारा नेपाली र फुटबल फ्यानको सपना हो', उनले भने, 'सपना पूरा गर्न हामी हरेक दिन फाइट गरिरहेका छौँ। भोलिको खेल हाम्रो लागि एकदमै महत्वपूर्ण छ। त्यो सपना पूरा गर्न हामी सक्दो प्रयास गर्छौँ।'

किरणले यो पटक साफमा नेपाली टिम अन्डर डग टिम रहेको पनि बताए। 'प्रशिक्षकले उनीहरु साफ क्षेत्रमा बलियो टिम रहेको बताएका छन्। तर, यसको मतलब यो होइन, हामी राम्रो टिम होइनौं', उनले भने, 'हामी यस प्रतियोगिताको अन्डर डग टिम हौँ। हामी हरेक खेलमा जित्ने गरी खेल्छौँ।'

नेपालले अहिलेसम्मका दुवै खेलमा जित दर्ता गराएको छ। पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ३-२ ले हराएको थियो। 

भारत २ अंकसहित चौथो स्थानमा छ। भारतलाई फाइनल पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी गरेको भारतले दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी नतिजा निकाल्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .